Techie IT
मंगलबार, कात्तिक २५,२०८३

सत्तारुढ गठबन्धनको सिट बाडँफाँड कार्यदलको बैठक बस्दै


काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनको सिट बाडँफाँड कार्यदलको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बोलाइएको छ ।
बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ । मंगलबारसम्ममा सिट बाँडफाँटको टुंगो लगाउने कार्यदलका सदस्य समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सत्तारुढ गठबन्धनको सिट बाडँफाँड कार्यदलको बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्