गुल्मी २ प्रदेश (ख) प्रदेश सभा सदस्यमा कांग्रेस युवा नेता अर्याल सिफारिस
गुल्मी । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले नाम सिफारिस गरि उम्मेदवारको नाम टुंग्याएको छ। सिफारिस गर्ने क्रममा गुल्मी क्षेत्र नम्बर २ प्रदेश (ख) प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ युवा नेता विष्णु प्रसाद अर्याल सहित ७ जनाको नाम सिफारिस गरेको छ ।
निर्वाचन नजिकिएसंगै गुल्मी क्षेत्र नम्बर २ चुनावी रौनकले तातेको छ । गुल्मी क्षेत्र नम्बर २ जिल्लाकै अपार सम्भाव्यता बोकेको शिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहदै आइरहेको छ ।
लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुदै आईरहेका र पटकपटक पार्टीको सभापति हुदै पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका मालिका गाँउपालिका वडा नम्बर ६ अर्जैका विष्णु प्रसाद अर्याल यस पटक गुल्मी क्षेत्र नम्बर २ प्रदेश (ख) प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ सिफारिसमा परेका हुन् ।
राजनीतिसंगै व्यवसायमा सक्रिय अर्याल हाल काठमाडौंमा व्यवसाय गर्दै आइरहेका छन् । उनी भन्छन्, मैले लामो समय ने.बि.संघ हुदै नेपाली कांग्रेस अर्जेको पार्टी सभापतिको जिम्मेवारी सफलता पूर्बक निर्वाह गरिसकेको व्यक्ति हुँ । समयको माग र आम जनताको चाहाना बमोजिम नै अबको बाँकी समय गुल्मी क्षेत्र नम्बर २ प्रदेश (ख) प्रदेश सभा सदस्य बनेर आफ्नो प्रदेशको समग्र विकास समृद्वीमा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने र गुल्मी कांग्रेसलाई एक ढिक्का बनाई बलियो कांग्रेसको रुपमा स्थापित गर्ने अठोट आफुमा रहेको अर्यालले बताएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #विष्णु प्रसाद अर्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्