प्रहरीको नक्कली परिचयपत्र देखाइ लुटपाट गरेको आरोपमा दुई जना पक्राउ
चितवनमा नक्कली प्रहरी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षकको नक्कली परिचय पत्र देखाएर आइसक्रिम तथा कुल्फी विक्री गर्ने भारतीय नागरिक विरेन्द्र साहलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विशाल पौडेल र विजय महत रहेका छन् । कालिका नगरपालिका ८ जुटपानी–शक्तिखोर सडकखण्डको गैरिवारीचोकबाट ना ३५ प ६५२० नम्वरको स्कुटरसहित उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका आरोपितहरुले कालिका नगरपालिका ८ गैरीवारीमा आईसक्रिम तथा कुल्फी बेच्दै हिँडेका भारतीय नागरिक ४७ वर्षीय विरेन्द्र साहलाई ‘हामी प्रहरी हौं’ भनी प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की दिई पाँच हजार ४०० रुपैयाँ लुटपाट गरी भागेका थिए ।
भदौ १८ गते बिहान करिब साँढे ११ बजे भएको उक्त घट्नामा प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीको टोलीले आरोपितहरूलाई दुई घण्टाभित्रै पक्राउ गर्न सफल भएको बताइएको छ । पक्राउ परेका उनीहरूलाई चोरी तथा डाँका सम्बन्धि कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमती लिइ अनुसन्धान गर्ने कार्य भइरहेको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्