प्रधानमन्त्रीको विषयमा अहिले नै छलफल गर्ने बेला भएको छैन्: प्रकाशसरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले चुनावपछिको प्रधानमन्त्रीको विषयमा अहिले नै छलफल गर्ने बेला नभएको बताएका छन् । उनले कांग्रेस नेतृत्वदायी भूमिकामा रहने बताउँदै यो समय गठबन्धन सफल बनाउने रहेको जिकिर गरे
आइतबार काठमाडौंमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता महतले गठबन्धनको भागबन्डा नटुंगी टिकट वितरण नहुने जानकारी दिए ।
जहाँसम्म यो प्रधानमन्त्रीको विषय छ, अहिले यो छलफलको विषय छैन् । तर स्वभाविक रुपमा नेपाली कांग्रेस नेतृत्वदायी भूमिकामा हुन्छ । त्यसमा कुनै दुई मत छैन् । अहिले शुद्ध गठबन्धन सिट बाडँफाडँ कै विषयमा हामी केन्द्रीत छौं । यो विषय चाँही नेतृत्वको विषय एजेण्डामा छैन् ।
महतले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिने कुरा नौलो नभएको बताए । पहिला देखिनै स्वतन्त्र उम्मेद्वार दिने र जितेका उदाहरण रहेको रहेको उनको भनाई छ । महतले पछिल्लो समय हरेक ठाउँमा स्वतन्त्र उम्मेद्वार उठ्ने र उठाउने कुरालाई नजिकबाट नियालिरहेको जिकिर गरे ।
स्वतन्त्र उम्मेदवारी दिने कुरा नयाँ कुरा होइन । पहिला पहिला देखिनै स्वतन्त्र उम्मेद्वार दिने, कति ठाउँमा जितेको संसदीय सिटमा पनि जितेको उदाहरणहरु छन् । पार्टी भित्र नै धेरै आकांक्षी छन् । पछिल्लो समय हरेक ठाउँमा स्वतन्त्र उम्मेद्वार उठ्ने, उठाउने कुरा छ । त्यसलाई नजिकबाट नियालेका छौं। यो प्रवृत्ति किन देखियो भनेर हेरिरहेका छौं।
प्रवक्ता महतले नेपालमा लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुन जरूरी रहेको दाबी गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिन पाउने अवस्था पनि कांग्रेसले बनाएको बताउँदै स्वतन्त्र उम्मेदवारलाई सम्मान गर्ने धारणा राखे ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशसरण महत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्