पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि वसन्तकुमार नेम्वाङ सिफारिस
पाँचथर । नेकपा एमाले पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि वसन्तकुमार नेम्वाङ सिफारिस भएका छन् ।
प्रतिनिधिसभाको एक मात्रै क्षेत्र रहेको पाँचथरमा एमालेको तर्फबाट नेम्वाङ सर्वसम्मतले सिफारिस भएका हुन् ।
आइतबार बसेको एमाले पाँचथरको छैटौँ जिल्ला कमिटीको बैठकले नेम्वाङलाई सिफारिस गर्ने निर्णय गरेको हो । पूर्वमन्त्रीसमेत रहेका नेम्वाङ पार्टीको केन्द्रीय कमिटी सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज समेत हुनुहुन्छ ।
यस्तै नेकपा (एमाले)ले पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क का लागि प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
फिदिममा सम्पन्न भएको प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको पूर्ण बैठकले सहमतिमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं. ख का लागि भने छलफल भइरहेको पार्टीका जिल्ला उप–सचिव पृथ्वी लावतीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले पाँचथर, #पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि वसन्तकुमार नेम्वाङ सिफारिस, #वसन्तकुमार नेम्वाङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्