नेपाली काङ्ग्रेसका नेता राजु खनालमाथि कारबाही सिफारिस
दाङ । नेपाली काङ्ग्रेसले आफ्ना नेता राजु खनालमाथि कारबाही सिफारिस गरेको छ ।
संविधान सभा सदस्य समेत रहेका नेता खनालमाथि कांग्रेसले कारबाहीको सिफारिस गरेको हो । कांग्रेस घोराही नगरपालिका–६ को इकाई कमिटीले खनालमाथि कारबाहीको सिफारिस गरेर कांग्रेस जिल्ला पार्टी कार्यालय दाङ पठाएको उक्त वडामा वडा अध्यक्षमा पराजित रेबबहादुर बुढाथोकीले बताए ।
आफूलाई वडा अध्यक्षमा हराउन खनालले वडाका आफू निकट नेताहरुलाई परिचालन गरेको रेबबहादुरको आरोप छ । स्थानीय तहको चुनावमा पक्वई आएर बिपक्षी एमालेको प्रचार गरेको सुनेको र आफू निकट नेतामार्फत आफूलाई वडा अध्यक्षमा हराउन पैसा बाँडेको आरोप उनको छ ।
कांग्रेसकै जिल्ला समितिका एक जना पदाधिकारीले खनालमाथि अन्तर्घात गरेको आरोप लगाई कारबाहीको माग गर्दै पार्टीको वडा इकाईबाट सिफारिस भई जिल्लामा आएको र घटना बारे जिल्ला तहबाट बुझ्ने काम भइरहेको बताए ।
कांग्रेस दाङका उपसभापति तथा अनुशासन आयोगका संयोजक गिरिराज सुबेदीले जिल्लाभरिबाट १५२ जनालाई अन्तर्घात गरेको आरोपमा कारबाहीको माग गर्दै पार्टी तल्लो कमिटीबाट सिफारिस आएको र केहीलाई स्पष्टीकरण सोध्ने काम भइरहेकाले उपयुक्त समयमा नाम सार्वजनिक हुने बताए ।
सुबेदीले कारबाहीका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि देखि जिल्लास्तरका नेतासम्म सिफारिस आएको जानकारी दिए ।
संविधान सभा सदस्य खनालले भने आफूमाथि कारबाहीको कुरा थाहा नभएको र कहीँ कतैबाट सिफारिस नआएको बताए । कांग्रेस महाधिबेशन प्रतिनिधि समेत रहेका खनालले गलत कुरा भएको भन्दै आफूमाथि कारबाहीको सिफारिस आउनै नसक्ने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली काङ्ग्रेस नेता राजु खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्