शशांक कोइराला र बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्रबाट दिए आवेदन
नवलपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोज्नुभएको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्रीका बिश्वासपात्र बिनोद चौधरी कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक सदस्य हुनुहुन्छ । उहाँले कोइरालाकै क्षेत्रमा धावा बोलेपछि नवलपुरमा चरंग आएको छ । दुबैजनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिनुभयो ।
उक्त निर्वाचन क्षेत्रबाट डा कोइरालाले ३ पटक चुनाव जित्नुभएको छ । यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट उहाँको चुनाव लड्ने तयारी छ । त्यसो त उद्योगपति चौधरीले २ नं क्षेत्रबाट पनि प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न आवेदन दिएको पार्टी जिल्ला सचिव रानाभाटले बताउनु भयो ।
जिल्लामा २ निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं १ बाट ८ जना र क्षेत्र नं २ बाट ६ जनाले आवेदन दिएको पार्टीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान, #बिनोद चौधरी, #शशांक कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्