Techie IT
मंगलबार, मंसीर २,२०८३

कपिलवस्तुमा सवारी दुर्घटनामा परी एकको मृत्यु


काठमाडौं । कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विजयनगर गाउँपालिका–७ जुगनियान यूपी ५५ आर १०५८ नम्बरको मोटरसाइकलबाट लडेर काठमाडौं घर भएका ३५ वर्षीय राम सेवक थारूको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कपिलवस्तुमा सवारी दुर्घटनामा परी एकको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्