निर्वाचनपछि एमाले नेतृत्वको सरकारः शंकर पोखरेल
डडेलधुरा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी मंसीर ४ गते हुने निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने वताउनुभएको छ ।
डडेलधुरामा आयोजना गरिएको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।
पाँच दलीय गठबन्धन लेनदेन र स्वार्थको सम्झौता भएको बताउँदै महासचिव पोखरेलले बलियो राजनीतिक शक्तिविना मुलुकले स्थायित्व प्राप्त गर्न नसक्ने र विकासले गति नलिने वताउनुभयो ।
भारतले बर्षाैंदेखि नेपाली भूमि कब्जा गर्दै आएको बिषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँंग कालापानी र लिम्पियाधुरा तत्काल छोड्न भनेपछि उहाँको नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भएको समेत स्मरण गराउनुभयो ।
महासचिव पोखरेलले नेपाली भूमि समेटिएको चुच्चे नक्शा प्रकाशित गरी संविधानको अनुसूचिमा राखिएको चर्चा गर्दै निर्वाचनपछि बन्ने एमालेको सरकारले नेपाली भूमि फिर्ता लिने काम गर्ने छ भन्नुभयो ।
स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा एमाले पहिलो शक्ति भएको भन्दै उहाँले केही ठाउँमा पार्टिभित्रकै अन्तर्घातका कारण पराजित हुनुपरेको बिषयमा निर्मम समीक्षा भइरहेको बताउनुभयो ।
महासचिव पोखरेलले पार्टीबाट अलग्गिएका नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रमा रहेकाहरुलाई पार्टीमा फर्काउने अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आगामी निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने गरी अघि बढिरहेकाले सबै नेताकार्यकर्ताहरू एकताका साथ निर्वाचनमा लाग्न आग्रह गर्नुभयो ।
तत्कालीन प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका विकास निर्माणदेखि राष्ट्रियताका विषयमा गरेका काम जनतामा जस्ताको तस्तै पुर्याउनुपर्ने भन्दै सचिव भट्टले वर्तमान गठबन्धन सरकारले गरेका राष्ट्रघाती एमसिसी, नागरिकता विधेयक र कोरोना नियन्त्ररणका नाममा गरेको भ्रष्टाचारको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा, विक्रम शाही, एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साँउद लगायतले बोल्नुभएको थियो । महासचिव पोखरेलले नेकपा (एमाले) डडेल्धुराको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको थियो
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचनपछि एमाले नेतृत्वको सरकारः शंकर पोखरेल, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्