Techie IT
मंगलबार, मंसीर २,२०८३

काठमाडौं निर्वाचन क्षेत्र नं.२ (ख) बाट कांग्रेस नेता शंकर थापा प्रत्यक्षमा सिफारिस


 

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नं.२ (ख) मा नेता शंकर थापा प्रत्यक्षतर्फ सिफारिस हुनुभएको छ ।
कांग्रेस काठमाडौं क्षेत्र नं.२ को बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा संघको निर्वाचनका लागि प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेसका युवा नेता थापालाई सिफारिस गरेको हो ।
कांग्रेस नेता थापा बिगत लामो समयदेखी कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ ।

नेता थापा काठमाडौं निर्वाचन क्षेत्र नं.२ मा लोकप्रिय हुनुहुन्छ ।
नेता थापाले पार्टीले विश्वास गरेर प्रदेश सभा सदस्यका लागि टिकट दिएमा यस क्षेत्रको विकासका लागि थप सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कांग्रेस काठमाडौं क्षेत्र नं.२ को बैठकले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा संघको निर्वाचनका लागि संघीय सांसदका लागि पूर्व सांसद दिपक कुइकेल, क्षेत्रीय सभापति कविर शर्मा, नेता लोकेश ढकाल लगायतलाई सिफारिस गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नं.२ (ख), #शंकर थापा


तपाईको कमेन्ट लेख्नुहोस्