युवा नेता भट्ट प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–७ बाट सिफारिस
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा चुनावमा उम्मेदवार हुन सुशील भट्टले आवेदन दिएका छन्।
नेविसंघ हुँदै पार्टी राजनीतिमा सक्रिय भट्टले मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवार हुन पार्टी क्षेत्रमा आवेदन दिएका हुन्।
उनले पार्टी केन्द्रसम्म आफ्नो पहुँच नभए पनि जनता र कार्यकर्तासँग पहुँच भएकोले प्रत्यक्षतर्फ चुनाव लड्नका लागि उम्मेदवारका लागि आवेदन दिएको बताएका छन्।
राजनीतिमा युवाहरू सक्रिय रहनुपर्ने र आगामी संसदमा पनि युवाको प्रतिनिधित्व हुनुपर्नेमा आफू सचेत रहेकोले अघि बढेको भट्ट बताउँछन्।
यसपालि कांग्रेसमा देशैभर युवाहरूले उम्मेदवार हुन क्षेत्रमा आवेदन दिइरहेका छन्। कांग्रेसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार क्षेत्र, जिल्ला र प्रदेशको सिफारिसअनुसार केन्द्रीय संसदीय बोर्डले टिकट दिने व्यवस्था छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधि सभा चुनाव, #सुशील भट्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्