सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै: अध्यक्ष ‘प्रचण्ड’
काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीच सिट बाँडफाँट सहमतिको नजिक पुगेको बताएका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेशका नेता कार्यकतालाई प्रशिक्षण दिन सुर्खेत वीरेन्द्रनगर पुगेका दाहालले पत्रकारहरूसँगको भेटघाटमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटमा गठबन्धन दल सहमति नजिक पुगिएको बताउँदै गठबन्धन दलभित्र कुनै पनि असहमति नभएको दाबी गरे ।
“गठबन्धनमा संख्या सहमतीको नजिक पुु¥याएर अब एकैचोटी प्रदेश र क्षेत्र पनि टुङग्याउने गरि काम गरिनेछ । भोली हामी सबै बसेर क्षेत्र प्रदेशलाई टुङग्याउने भनेर हामी जुटेका छौं । अन्य सबै पार्टीहरु निर्वाचनमा जुटेका छन् ।”
अध्यक्ष प्रचण्डले यसपटकको चुनावमा नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना नरहेको प्रष्ट परेका छन् ।
“यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।”
पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले एकीकृत समाजवादीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी गरेको बताए। एकीकृत समाजवादीसँग एकताको प्रक्रिया अघि बढेको जानकारी समेत दिए ।
‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौँ’, उनले भने,‘घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भईराख्या छ । चुनाव चिह्न भने आ–आफ्नै हुनेछ।’ उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्