सिट बाँडफाँटको कुरा दुईदिनभित्र मिल्छ : सञ्चारमन्त्री
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सिटबाँडफाँटमा जुटेका सत्ता गठबन्धन दलहरुबीचको सहमति अन्तिम चरणमा पुगेको सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बिहीवार बिहानदेखि राति १० बजेसम्म प्रधानमन्त्री निवासमा चलेको छलफल सहमतिको नजिक पुगेको र अबको दुईदिनभित्र त्यसको रिजल्ट आउने उनले बताए ।
“कुरा मिल्नको लागि नै यति लामो समय लागेको हो । न्यायचित र सम्मानजनक ढंगले र सबैले मैले जित्य भन्ने स्पिडका साथ हामीले भाग बण्डा अथवा सिटको बाँडफाँडको अन्तिम चरणमा पु¥याएका छौं । अबको दुई दिन पछि सम्पुर्ण रुपले आ आफ्नो हिसावले गृहकार्य गरेर अन्तिम चरणको निर्णय सुनाउने छौं । ”
न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने र निर्वाचन जित्ने भन्दा देशलाई मिलेर अघि बढाउने विषयमा छलफल भएको उनको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ज्ञानेन्द्रबहादुर कार्की, #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्