न्युयोर्कको म्यानहटनमा गोली प्रहार, २ जनाको मृत्यु
न्युयोर्क । न्युयोर्कमा म्यानहटनमा भएका छुट्टा छुट्टै गोली प्रहारका घटनामा २५ बर्षकी महिला र २६ बर्षमा पुरुषको मृत्यु भएको छ । एकजनाको घटनास्थलमा नै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पहिलो घटनामा २५ वर्षीया महिलालाई मास्क लगाएको अश्वेत बन्दुकधारीले गोली हानेको थियो । उनी युनियन स्क्वायर नजिक इस्ट १४ स्ट्रीटमा हिँड्दै गरेको बेला गोली हानिएको थियो । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।
न्युयोर्क युनिभर्सिटी नजिकै गोली चलाइएको थियो । तर मृतकको युनिभर्सिटीसँग सम्बन्ध भए नभएको स्पष्ट छैन । हत्यारा घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ ।
त्यसको केही घन्टा पछि अर्को गोली काण्ड केही ब्लक टाढा इस्ट १२ औं स्ट्रीटमा एभिन्यु सी र डी बीचमा भएको थियो । उक्त घटना एउटा विद्यालयबाहिर भएको थियो ।
गोली चलेपछि नजिकैका मानिसबीच भागदौड मच्चिएको थियो । विद्यालयको नजिक गोली चलेपनि विद्यालय अर्को साताबाट खुल्ने भएकाले त्यहाँ कुनै बालबालिका वा कर्मचारी भने थिएनन् ।
२६ वर्षीय पुरुषको टाउकोमा गोली लागेको र उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएकोमा उनको अस्पतालमा निधन भएको थियो । अनुसन्धान जारी रहेको र गोलीकाण्ड लक्षित रहेको देखिएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन सकेको छैन । गोली चलाउने व्यक्ति फरार छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #गोली प्रहार, #न्युयोर्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्