सुनकोसी बहुमुखी क्याम्पसले मनायो २३औँ स्थापना दिवस
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो क्याम्पसका रुपमा स्थापना भएको सुनकोसी बहुमुखी क्याम्पसले आफ्नो २३औँ स्थापना दिवस मनाएको छ ।
उक्त स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथीका रुपमा बाग्मती प्रदेशका पूर्वमन्त्री तथा संसदअरुण नेपाल थिए भने विशिष्ट अतिथी पूर्वमन्त्री तथा संसद सरेस नेपाल रहेका थिए ।
कार्यक्रममा सुनकोसी गाउपालिका अध्यक्ष, उपाध्यक्ष,६ र ७ न वडाका अध्यक्षहरु र त्रीपुरासुन्दरी गाउपालिकाका अध्यक्ष,उपाध्यक्ष तथा अन्य केही वडा अध्यक्षहरुलाई सम्मान गरिएको छ ।
त्यस्तै,बलेफी गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा केही वडाका वडा अध्यक्षहरुलाई पनि सम्मान गरेको थियो ।
भुकम्पले क्षेतिग्रस्त बनाएको क्याम्पसलाई हाल व्यवस्थित रुपमा पुर्ननिर्माण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी तथा विशेष अतिथिले क्याम्पसको व्यवस्था र विकासमा आफुले ध्यान दिने र अब गुणस्तरीय शिक्षा दिनेतर्फ जोड दिनुपर्ने बताए।
क्याम्पस स्थापनादेखि निरन्तर शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएका अध्यक्ष सुकदेब तिमल्सिनाले आगामी दिनमा पनि आफुले यस्तै सहयोग र छात्रवृत्तिलाई निरन्ततता दिने बताए ।
स्थापना दिवसको अवसर पारेर क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुकदेब तिमल्सिनाले आफुले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता वाफतको १ वर्षको रकम ४८ हजार रुपैयाँ क्याम्पसलार्र्इ हस्तान्तरण गरेका छन् । सो पैसाले २० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुनकोसी बहुमुखी क्याम्पस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्