चर्चामा रूपन्देही–२ र ३, कसले मार्ला वाजी ?
काठमाडौ । रूपन्दही जिल्लाको संसदीय निर्वाचन क्षेत्र नम्वर २ बाट नेपाली काँग्रेस क्षेत्रिय समितिले गृहमन्त्री बालकृष्ण खाँणसहित पाँच जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । तर, उनले क्षेत्रनं. २ बाटै चुनाव लड्ने इच्छा व्यक्त गर्नुभएको बताइएको छ ।
रूपन्देही –३ मा नेकपा(एमाले)का उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो भने क्षेत्रनं. २ को प्रतिनिधित्व गर्दै घनश्याम भुषाल सांसद हुनुहुन्छ । खाँडले क्षेत्रनं. २ बाट चुनाव लड्ने इच्छा राखेकाले भुषालसँगको भिडन्त लगभग पक्का भएको हो । क्षेत्रनं. ३ बाट एमाले उपाध्यक्ष पौडेल लगातार तीन पटक निर्वाचित हुँदै आउनुभएको छ । क्षेत्रनं. ३ मा नेकपा(एस)बाट राजु गुरुरूको नाम एकल सिफारिस भएको छ र उहाँले आफू गठबन्धनको उम्मेवाद भएकोभन्दै प्रचार पनि थालेको बताइएको छ ।
क्षेत्रनं. २ मा एमाले र काँग्रेससँगै राप्रापाका दीपक बोहराको पनि राम्रो प्रभाव रहेको मानिन्छ । राप्रपासँग एमालेको तालमेल भएमा भुषालले सहज जित निकाल्ने नभए त्रिपक्षिय भिडन्त हुँदा भुषालकै पल्ला भारी हुने स्थानीय बताउँछन् । क्षेत्रनं. ३ मा त तीन पटक एमालेका पौडेलले जित्दै आएकाले नै खाँणले भिडन आँट नगरेको बताइन्छ । नेकपा(एस)लाई सो क्षेत्र छाडे एमालेको भोट काटिएर पौडेल हार्न सक्ने आँकलनका कारण नै खासै जनमत नरहे पनि एसलाई सो क्षेत्र छाड्न काँग्रेस राजी भएको विश्लेषण छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कसले मार्ला वाजी ?, #घनश्याम भुषाल, #चर्चामा रूपन्देही–२ र ३, #बालकृष्ण खाँण, #रूपन्दही, #विष्णु पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्