यस्तो ठाउँ जहाँ महिलाको योनीलाई पूजा गरिन्छ !
भारतको पूर्वोत्तरमा पर्छ असम राज्य । यो राज्यको गुहाटी शहर नजिकै एउटा मन्दिर छ । यो मन्दिरको नाम ‘माँ कामाख्या’ हो ।
भारतमा पाइने ५२ वटा शक्तिपीठमध्ये यो शक्तिपीठ प्रशिद्ध मानिन्छ । यो मन्दिरमा देवी माताको कुनै पनि मूर्ति छैन । पौराणिक कथाअनुसार यो शक्तिपीठमा देवीमाताको योनी खसेको थियो । योनीलाई नै प्रतिकका रुपमा मानेर पूजा हुने गरेको छ ।
त्यसैकारण भक्तजनहरूले यो स्थानलाई साधनका लागि प्रमुख केन्द्रका रुपमा लिन्छन् । यो मन्दिरमा जसको पनि इच्छा पूरा हुन्छ । सोही कारण यो मन्दिरको नाम कामाख्या मन्दिर राखिएको हो ।
मन्दिरको तीन भाग छ । पहिलो भाग सबैभन्दा ठूलो छ । यो ठाउँमा सबैलाई प्रवेशको अनुमति छैन । दोस्रो ठाउँमा माताको दर्शनको व्यवस्था मिलाइएको छ । त्यहाँ कुनै मूर्ति छैन ।
तर, एउटा ढुंगा छ । त्यो ढुंगाबाट पानी बगिरहन्छ । यो ढुंगाबाट महिनामा एक पटक रगतको धारा पनि आउने गर्छ । यो किन हुन्छ आजसम्म कसैलाई थाहा छैन ।
(एजेन्सी)
क्याटेगोरी : समाचार
ट्याग : #योनीलाई पूजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्