सामाजिक सञ्जाल प्रयोग कर्ता महिलालाई ४५ वर्षको जेल सजाय
साउदी। साउदी अरेबियाले सामाजिक सञ्जाल प्रयोग गरेर देशलाई नोक्सान पु¥याएको आरोपमा एक महिलालाई ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदी अरबमा यो दोस्रो यस्तो घटना हो ।
साउदी अरेबियाको एक आतंकवाद अदालतले नौरा बिन्त सईद अल–काहतानीलाई सामाजिक सञ्जाल मार्फत सामाजिक पूर्वाधारमा खलल पु¥याउने प्रयास गरेको र सरकारी आदेशहरूको उल्लंघन गरेकोमा दोषी ठहर गरेको छ । साउदी अरबको सबैभन्दा ठूलो जनजातिसँग सम्बन्धित नौराविरुद्ध कुनै रेकर्ड उपलब्ध छैन ।
यसअघि ९ अगस्टमा अर्की एक महिलालाई ट्वीटरमा गरेको गतिविधिमा ३४ वर्षको जेल सजाय सुनाइएको थियो । यी महिला लीड्स विश्वविद्यालयमा पीएचडी गर्न लगेकी विद्यार्थी थिइन्।
उनी यसैवर्षको जनवरीमा साउदी अरबमा छुट्टी मनाउने क्रममा पक्राउ परेकी थिइन । सलमा शाहाबलाई सरकारी आदेशको उल्लंघन लगायत अन्य कैयौं आरोपमा दोषी ठहर गरिएको थियो ।
उनीहरुलाई आतंकवाद विरोधी र साइबर अपराध विरुद्धको कानुन अन्तर्गत कारबाही गरिएको छ । गत वर्षदेखि सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा केही अन्य महिला पनि पक्राउ परेका छन् । अब उनीहरुलाई पनि कडा सजाय हुने आशंका गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #सामाजिक सञ्जाल प्रयोग कर्ता महिलालाई ४५ वर्षको जेल सजाय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्