म नभएर ‘हामी’ भन्ने मान्यता अगाडि बढाऊ : नेता भट्टराई
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले समाज रुपान्तरणको अभ्यासमा ‘म’ नभएर ‘हामी’ भन्ने मान्यताका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । बूढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा ‘वी लभ यु फाउन्डेशन’द्वारा शुरु गरिएको ‘बृहत सरसफाई अभियान’ मा डा. भटटराईले उक्त कुरा बताउनुभएको हो ।
बढ्दो शहरीकरण र औद्योगिकरणले पृथ्वीको दीगोपनालाई कमजोर बनाउनुका साथै वातावरणीय प्रभाव समेत बढ्दै गएकोले कम्तीमा ६ महिना धोवीखोला सरसफाई अभियान संचालन गरेर बूढानीलकण्ठमा नमूना कार्य गर्न सकिने बताउनुभयो । उक्त कार्यका लागि फाउन्डेशनसँग सहकार्य गर्न समेत आफू तयार रहेको उहाँको भनाइ थियो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बिभिन्न वडाका वडाध्यक्षहरु, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, पूर्व कार्यपालिका सदस्य एबम नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य संगम गहतराज, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं. ४ का संयोजक विदुर विक्रम खड्का, नेकपा एमाले बूढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल, सचिव श्रीकृष्ण श्रेष्ठ लगायत समाजसेवी, पत्रकार, स्थानीय र हजारांै युवायुवतीहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #डा राजन भट्टराई, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्