तारकेश्वर नगरपालिका जीतपुर फेदीमा किरियापुत्री भवनको निर्माण सम्पन्न
कठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ३ जीतपुरफेदीमा नेपाली सेना उपत्यका कमाण्ड हे.क्वा. द्धरा नागरिक सैनिक सहयोग कार्यक्रम अन्तर्गत नव निर्मित किरियापुत्री भवनको निर्माण सम्पन्न गरी स्थानियहरुका लागि हस्तान्तरण गरिएको छ ।
क्माण्ड सेनापति उपरथी श्री भोज राज शर्मा ज्यूद्धरा उक्त भवनको समुद्घाटन र हस्तान्तरण गर्नु भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाको तर्फबाट अन्य बिशिष्ट पदाधिकारीहरुको उपस्थिती सँगै नगरपालिकाको तर्फबाट भने उप मेयर सृजना बुर्लाकोटीका साथै बडा नं ३,२ का वडा अध्यक्ष र अन्य वडा सदस्यहरुले पनि उपस्थिती जनाउनु भएको थियो भने स्थानियहरुको पनि बाक्लो उपस्थिती देखिएको थियो ।
कुल लागत ६५,१४,७३८.९२ मा बनेको किरियापुत्री भवनको २०७८।०९।०१ गते निर्माण सम्झौता गरिएको भवनको २०७९ जेठ मसान्त भित्र सम्पन्न गरीसक्नु पर्ने भवनको विभिद कारण निर्माणमा ढिलाभइ हाल सम्पन्न भएको हो । नव निर्मित किरियापुत्री भवनको निर्माणले स्थानियहरु उत्साहित देखिकाछन् ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर नगरपालिका, #तारकेश्वर नगरपालिका वडा नं. ७
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्