Techie IT
मंगलबार, कात्तिक २५,२०८३

करेन्ट लागेर एकजनाको मृत्यु


रुपन्देही । गैडहवा गाउँपालिका–६ मजरहवा बस्ने २८ वर्षीया पुना लोधको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरमा पंखाको तार जोडने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि भिम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #करेन्ट लागेर एकजनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्