यातायात कार्यालय लहानमाथि लेनदेनमा लाईसेन्स वितरण गरिएको आरोप
काठमाडौं । यातायात व्यवस्था कार्यालय लहान सिराहामा मोटरसाइकल, कार÷जिपलगायतका सवारी लाइसेन्स बिक्रि भैरहेको पाईएको छ । यस्तो गैरकानूनी काम हुँदापनि अख्तियार मौन रहेको भन्दै अहिले आलोचना भैरहेको छ । कार्यालय प्रमुख कुशेश्वर साह र ट्राफिक प्रहरीको प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको मिलोमतोमा लाइसेन्स बिक्रि वितरण भैरहेको जनाईएको छ ।
सोही कार्यालयका अधिकृत रोहित कोइरालाले सेवाग्रहीको कुनै पनि काम घुसविना नै नगर्ने भनेर सेवाग्राहीहरुको गुनासो रहँदै आएको छ । कोइराला पनि ६ वर्ष पहिले सरुवा भएर आएका थिए । कार्यालय प्रमुख नहुँदा नायब सुब्बा बिजय दाहालले कार्यालय चलाउने गरेका छन् । दाहाल करिब ७÷८ वर्षदेखि लहान यातायात रहेको छ । ट्रायल सेन्टरमा ट्राफिक नियमानुसार सिसी क्यामेरा जडान हुनुपर्नेमा सिसि क्यामरा जडान नगरी ट्रायल लिने गरेको छ। साथै, तीन सय जना सहभागी भएकोमा ५÷१० जना मात्रै पास हुने गरेको भएपनि २५० जनालाई पैसा लिएर लाइसेन्स दिने गरिएको पाईएको छ ।
सोही कार्यालयमा कार्यरत इन्जिनियर रमानन्द साहले सहमतिविपरित चेकजाँच पास नगरीकन प्रत्येक गाडीको १५ हजारदेखि २० हजारसम्म लिने गरेका छन् । साथै, कारजिपको पनि अञ्चलीकरण नियमबिपरित काम २५ हजार लिएर गरिरहेका छन् । यतातिर पनि सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको छ ।
देशभरिका यातायात कार्यालयमा अख्तियारले छापा मारेको सामाचार आउँछ । तर, लहान यातायातमा किन छापा मार्दैनन् भनेर अहिले गुनासो आउन थालेको छ । सेबाग्राही रघुवीर यादबले ट्रायलमा आफू पास भएपनि लाईटको कारण देखाएर फेल गरिदिएको गुनासो पोखे । उनले आफूजस्तै अरुले गर्दा पास गरिएको र त्यसमा पनि १५ हजार लेनदेन गरिएको उनको दाबी छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्