Techie IT
मंगलबार, मंसीर २,२०८३

सुन जस्तो देखिने अर्धठोस बस्तु बरामद,एक जना पक्राउ


काठमाडौं । अवैध रूपमा भन्सार छली ल्याएको सुन जस्तो देखिने अर्धठोस बस्तु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन जस्तो देखिने अर्धठोस बस्तु करिब ५ सय ५० ग्राम सहित उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छन् ।
हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि उक्त गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त बस्तु फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सुन जस्तो देखिने अर्धठोस बस्तु बरामद


तपाईको कमेन्ट लेख्नुहोस्