Techie IT
मंगलबार, मंसीर २,२०८३

छानबिन र सत्य निरुपण सम्बन्धी प्रस्तुत विधेयक पीडितलाई अझ पीडा दिने आयो: शान्तिमाया तामाङ्


काठमाडौं । प्रतिनिधिसभा सदस्य शान्तिमाया तामाङ् पाख्रिन्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण सम्बन्धी प्रस्तुत विधेयक पीडितलाई अझ पीडा दिने हिसाबले आएको बताइन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विधेयक माथिको छलफलमा उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेक योसँगै तीन पटक आएपनि पीडितहरुले न्याय नपाएको बताइन् ।

यो विधेकले पीडितलाई कुनै पनि हिसाबले समेटेको छैन, यो विधेक पीडितलाई सजिलैसँग उन्मुक्ति दिने ढङ्गले ल्याएको हो कि यसमा मानव अधिकारको उल्लङ्घन र गम्भिर रुपमा उल्लङ्घन दुईवटा शब्दलाई व्याख्या गरिएको हो । यसमा व्यक्ति हत्यालाई मानव अधिकारको उल्लङ्घन भनिएको छ । कुन कानुनले यो परिभाषा दिन्छ । कानुन मन्त्रीलाई प्रश्न गर्न चाहान्छौ ।
उनले कानुन मन्त्री, वर्तमान प्रधानमन्त्री र प्रचण्डलाई पीडित भएर उभिदा यो विधेकले कसरी न्याय दिन भन्ने विषयमा एकपटक सोच्न आग्रह पनि गरेकी छिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #शान्तिमाया तामाङ्


तपाईको कमेन्ट लेख्नुहोस्