एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्नेछ : रघुवीर महासेठ
काठमाण्डौं । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन् । उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी गरेका छन् ।
“देशमा चुनावी वातावरण बनको छ । सबै पार्टीहरु निर्वाचनको तयारीमा जुटेका छन् । वडा कमिटीदेखि लिएर केन्द्रीय कमिटीसम्म, जे–जे निर्णय गर्नुपर्ने हो, त्यहीअनुसार दलले निर्वाचन प्रक्रिया अघि बढाएका छन् । एमालेले यसपटकको चुनावलाई गम्भीर रुपमा लिएको छ । जुन प्रकारको वातावरण गठबन्धन सरकारले सिर्जना गरिरहेको छ, त्यो देश र जनताको अनुकुल छैन् । एमाले राष्ट्रवादी पार्टी भएको हुनाले, जनताको आकांक्षालाई कसरी पूरा गर्ने, राष्ट्रियता कसरी बचाउने, बचाउनको लागि आउने चुनावमा सरकार बनाउन जरुरी देखिएकाले हामीले यसपटकको बैठकले एमालेले एक्लै चुनावको तयारी गर्नेगरि अघि बढेका छौं । केन्द्रीय निकायदेखि टोल कमिटीसम्मलाई आवश्यक निर्देशन दिईसकेको छ । यद्धपी हामीले स्थानीय तहमा भने कुनै–कुनै ठाउँमा, स्थानीय नेताले तालमेल गर्न ईच्छा जाहेर गरे, पार्टीले त्यसमा बाधा अड्चन गर्दैन् ।”
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीहरुको संज्ञा दिएका छन् । अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकुल नभएको उनको आरोप लगाएका छन् ।
“गठबन्धनमा आवद्ध दललाई आफ्नो दलको मात्रै चिन्ता छ । कुर्सी र सरकार प्यारो भएको छ ? कि जनता प्यारो छ त ? यसो हेर्दा, एकातिर एमाले छ भने अर्कोतिर गठबन्धन, उहाँहरु पाँच दलमात्रै होईन ७ दल एकै ठाउँमा आउने सोच्दै हुनुहुन्छ । तर, यो गठबन्धन लोभी पापीहरु र राष्ट्रघातीहरुको गठबन्धन हो । यदि यो राष्ट्रघातीको गबठन्धन होइन भने, राष्ट्रको स्वाभिमानलाई तजोबध गर्नेगरि विदेशी भूमिमा नेपालका भिआईपीहरु, विदेशी प्रतिनिधिलाई राखेर जुन सम्झौता गरेर नेपाल फर्किनुभएको छ । फर्कनेबित्तिकै जुन प्रकारले, जलस्रोततर्फ पश्चिम सेती र सेती ६ परियोजना भारतीयलाई बुझाउने काम गरेको छ । यसले एमालेलाई मात्रै होईन, सबै नेपालीलाई दुःखी तुल्याएको छ ।”
उनले वर्तमान गठबन्धनको सरकारले देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिध्याउने त होईन ? भन्दै प्रश्न उठाए । नेता महासेठले गठबन्धनका नेताहरु प्रचण्ड र माधव नेपालहरुले कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोजेको गम्भीर आरोप लगाए ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्नेछ, #रघुवीर महासेठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्