आफ्नोविरुद्ध साइबर क्र्राईम गर्नेलाई भौतिक कारबाही गर्ने बस्नेतको ठाडो चेतावनी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नोविरुद्धमा सामाजिक संजालमा जथाभावी लेख्नेलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।
भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले साइबर क्राइम गर्नेलाई पहिला सम्झाउने, तर नसच्चिए भौतिक रुपमै कारबाही गर्ने चेतावनी दिएका हुन् । एमालेका नेताहरुलाई जसले सामाजिक संजालमा गाली गर्छ, त्यसलाई तीन गुणा गाली गरेर जवाफ दिन निर्देशन दिएका बस्नेतले त्यसो गर्दा पनि मानेनन् भने हात खुट्टाले सम्झाउने भन्दै भौतिक कारबाहीमा उत्रिन उक्साएका हुन् ।
तपाई साईवर सेना बनेर अगाडी बढ्नुहोस त्यहाँ कहि कतै हाम्रा नेताहरुलाई गालीगलौच गर्छन भने त्यो भन्दा ३ गुणा गालीगलौच गर्नुहोस त्यो गरे बापत केही भयो भने हामी छौं । साइबर क्र्राईम गर्नेलाई सम्झाउने त्यसपछि मानेनन् भने हात खुट्टा के के ले सम्झाउने हो सम्झाउनुस त्यसपछि परेको पार्टीले व्यहोर्छ ।
नेता बस्नेतले काठमाण्डौ महानगरका नगर प्रमुख बालेन्द्र शाहप्रति पनि आक्रोष व्यक्त गरेका छन् । केही दिनअघि शाहले काठमाण्डौमा बनेका अनधिकृत संरचना भत्काएपछि निरन्तर आलोचना गर्दै आएका बस्नेतले आज भने बालेन जस्ता स्वतन्त्रहरुले नीति नियम र पार्टीहरुलाई भत्काउन खोजेको टिप्पणी गरे । फरक प्रसंगमा बस्नेतले भावी प्रधानमन्त्रीको रुपमा पहिलो नम्बरमा केपी ओली, दोस्रोमा शेरबहादुर देउवा र तेस्रोमा प्रचण्डलाई प्रस्तुत गरेका छन् । उनले देउवा सरकारलाई भाउजु सरकार भन्ने गरिएको भन्दै आरजु राणाप्रति पनि कटाक्ष गरे ।
प्रधानमन्त्रीको सेमिफाइनलमा जाने भनेको पहिलो नम्बरमा केपी ओली दोस्रो नम्बरमा शेरबहादुर देउवा र तेस्रो नम्बरमा प्रचण्ड र शेरबहादुर देउवा को धर्म पत्नि अहिलेको सरकारबाट वञ्चित भएको र त्यसलाई भाउजुको सरकार भनिन्छ ।)
उक्त कार्यक्रममा विभिन्न पार्टीका २५० भन्दा बढि युवाहरुले एमाले पार्टी प्रवेश गरेका छन् ।।
क्याटेगोरी : समाचार
ट्याग : #महेश बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्