एमाले सचिब भट्टको निर्बाचन क्षेत्रमा समाजबादीका नेता कार्यकर्तालाई एमालेमा फर्काउने कसरत जारी
धनगढी । सुदुरपश्चिममा समाजवादीका मुख्य नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने भएपछि एमालेले भदौ १५ गते महेन्द्रनगरमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । भेलालाई सम्बोधन गर्न र नेताहरुलाई पार्टीमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर आउने कार्यक्रम तय भएको छ ।
यता कैलालीमा पनि केही नेता कार्यकर्ताहरुलाई समाजबादीबाट एमालेमा फर्काउने तयारी शुरु भएको छ । बिषेश गरी क्षेत्र नम्बर ४ मा समाजबादीमा लागेका नेता कार्यकर्ताहरुलाई फर्काउने कसरत जारी छ । एमाले प्रदेश सचिब लेखराज भट्टको गृह क्षेत्र भएकाले पनी एमाले अहिले समाजबादीमा लागेका सबै नेता कार्यकर्ताहरुलाई फर्काउने पक्षमा रहेको छ ।
एमालेका एक नेताले भने-‘यो क्षेत्रमा केही टाउकोमा देखिने नेताहरु मात्रै समाजबादीमा गएका थिए । कार्यकर्ताको सानो तप्का हो उता गएको तर अब सबै फर्किन्छन होला । हामी सम्बाद मा नै छौं ,रिजल्ट आउँछ।’
समाजबादीमा लागेकाहरुलाई मुल पार्टीमा फर्काउन सचिब भट्टको सचिबालयको टिम पनि सकृय भएर लागेको छ । उनका स्वकिय सचिब हितेश ओझा अहिले सबै जसो समाजबादीका मुख्य नेताहरुको सम्पर्कमा पुगेका छन । उनले एमालेमा फर्किने नेताहरुको लिष्ट नै तयार परेका छन् ।
यो क्षेत्र समाजबादीका मुख्य नेता दिर्घ सोडारीको क्षेत्र पनि हो । उक्त पार्टीले सोडारीलाई संघको निर्बाचनको लागी उम्मेदवार सिफारिस गरेको छ । सोही क्षेत्रमा एमाले केन्द्रको निती अनुसार सोडारी बाहेकका नेता कार्यकर्तालाई एमालेमा फर्काएर भाँडो खाली गर्ने रणनितीमा रहेको छ ।
केही समय यता सोडारी पनि एमालेमा फर्किने चर्चा चलेको भएपनी अब सोडारी,पूर्णा जोशी लगाएतका केही समाजबादीका नेताहरु तत्काल नफर्किने मुडमा पुगेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लेखराज भट्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्