देवघाटमा विराट ज्ञानमहायज्ञ हुने
पवित्र तीर्थस्थल देवघाटमा विराट ज्ञानमहायज्ञ हुने भएको छ । महेश सन्यास आश्रमको आयोजनामा यही माघ २२ देखि फागुन १ गतेसम्म महायज्ञ गर्न लागिएको हो ।
महेश सन्यास आश्रम तथा महेश गुरुकुलको रजत वर्ष एवं डा स्वामी रामानन्द गिरीजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा १०८ श्रीमद्धागवत पाठपारायणका गरिने छ । चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्षहवन गरिने सञ्चार समन्वय एवं प्रचारप्रसार समितिका संयोजक टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।
महायज्ञका लागि १००८ स्वामी रमणानन्द गिरीजी महाराजको अध्यक्षतामा एक हजार आठ सदस्यीय आयोजक मूल समारोह समितिसमेत गठन गरिएको छ । यस्तै ६० जिल्लामा उपसमिति गठन गरिएको छ । महायज्ञका लागि १०८ कर्तासमेत तयार भइसकेको छ । वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण र संस्कृत शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले २०५० सालमा स्थापित सो गुरुकुलमा आयोजना गर्न लागिएको महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
करीब रु दुई करोडमा आयोजना गर्न लागिएको सो महायज्ञबाट रु १० करोड बचत हुने अनुुमान गरिएको छ । विराट महायज्ञमा प्रमुख कथावाचकको रुपमा आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरीजी महाराज रहनुभएको छ । अन्य कथावाचकमा सो आश्रमबाट अध्ययन गरेर गएका र अध्ययन गर्दै गरेका विद्यार्थी रहने छन् । गुरुकुलले २०६५ सालमा पहिलो पटक बिराट ज्ञान महायज्ञको आयोजना गरेको थियो । महायज्ञ सम्पन्न गर्नका लागि आयोजकले दुई हजार भक्तजनलाई आवासको व्यवस्था गरेको छ ।
“अहिले महायज्ञको दोस्रो संस्करण हो,” मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले भन्नुभयो । आश्रम सञ्चालनका लागि अहिले मासिक रु छ लाख खर्च हुँदै आएको छ । विश्वविद्यालयले पठनपाठनका लागि अनुमति दिएको भए पनि शिक्षक दरबन्दी र भौतिक संरचना सहयोग नगर्दा दानबाट आश्रम सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो । गुरुकुलमा कक्षा ६ देखि आचार्यसम्म तीन सय विद्यार्थी अध्ययनरत छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #देवघाट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्