मध्यतराईका जिल्लामा एकै साथ डेंगु र स्क्रब टाइफस भेटियो
वीरगंज । वर्षा र गर्मीसँगै मध्यतराईका जिल्लाहरूमा एकै साथ डेंगु र स्क्रब टाइफस भेटिएको छ । काठमाडौँबाट वीरगंज फर्किएका ३ जनामा शनिवार एकैसाथ डेंगु र स्क्रब टाइफस देखिएको छ ।
वीरगंजको नारायणी अस्पतालका चिकित्सक डा. जेपी जैसवालले वीरगंजमा काठमाडौँबाट आएका ३ जनालाई डेंगु संक्रमण देखिएको बताउनुभयो ।
तीनै जना काठमाडौँबाट फर्किएका पर्सावासी पुरुष रहेको उहाँले जानकारी दिनुभयो । उनीहरूमा ज्वरो, टाउको दुख्ने, जीउ दुख्नेजस्ता साझा समस्या थियो ।
वीरगन्ज मात्र नभई हेटौँडाबाट समेत डेंगुका बिरामीहरू वीरगंजमा उपचारका लागि आएको उहाँले बताउनुभयो ।
गतवर्ष पनि यसै समयमा वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी एकैसाथ ठूलो सङ्ख्यामा देखिएको थियो । नारायणी अस्पतालका अर्का चिकित्सक डा. उदयनारायण सिंह पनि डेंगु र स्क्रब टाइफसका बिरामी एकैसाथ उपचार गराउन अस्पताल आइरहेको बताउनुभयो ।
एडभान्स अस्पतालमा २ जना स्क्रब टाइफसका बिरामी भर्ना भई उपचार गराइरहेका छन् । गतवर्ष कोभिड महामारीपछि डेंगु र स्क्रब टाइफस वीरगंजमा देखिन थालेको उहाँले बताउनुभयो ।
वीरगंजमा दैनिक जसो डेंगुका बिरामी बढ्ने क्रममा रहेको र हाल सम्म वीरगंजका अस्पतालमा २ दर्जनाै भन्दा बढी डेंगुका बिरामीहरूको उपचार भइरहेको चिकित्सकहरूले जनाएका छन् ।
डेंगु जमेको सफा पानीमा बस्ने गरेको लामखुट्टेले सार्ने भएकाले घर तथा घरको वरपरसमेत पानी जम्न नदिने, घरमा पनि गमला तथा एसीमा जमेको पानी बेलाबेला फाल्ने गर्नु नै सावधानी रहेको डां सिंहले बताउनु भयो ।
स्क्रब टाइफसका बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला गरी रातो डाबर आउनेजस्ता लक्षण देखिने गरेको उहाँले बताउनुभयो ।
सन् २०१५ देखि पर्सालगायत मधेसका जिल्लामा यो बिमार देखा पर्न थालेको डा. सिंहले बताउनु भयो । पहिलो वर्ष रोगको पहिचान हुन नसक्दा बिरामीले लामो समय अस्पताल भर्ना भएर उपचार गराउनु परेको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #डेंगु र स्क्रब टाइफस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्