एमालेको ४ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति
काठमाण्डौं। मंसिरमा हुने आमनिर्वाचनका लागि नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको समितिमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय आयोगका पदाधिकारीहरू, विभागका सचिव, जनसंगठनको अध्यक्ष र महासचिव सदस्य रहेका छन् ।
परिचालन समिति अन्तर्गत सचिवालयमा केन्द्रीय पदाधिकारी, निर्वाचन विभाग, कानुन विभाग र प्रचार विभागका उपप्रमुख र सचिव तथा केन्द्रीय कार्यालयका सचिव सदस्य रहनेछन् ।
आजको बैठकले सचिवालय दुवैको सचिवमा पार्टीका उपमहासचिव विष्णु रिमाललाई बनाउने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #एमालेको ४ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्