बुढीगण्डकी आयोजनालाई यसै बर्ष अघि बढाउने तयारी भइरहेको छ : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासले मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ ।
मन्त्रालय आज आफूले मन्त्रालय सम्हालेदेखि प्राप्त उपलब्धि सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले आफू आएदेखि ऊर्जा क्षेत्रको विकास, उत्पादन, विस्तारमा ध्यान दिएको बताउनुभयो ।
उहाँले गरिबीमुक्त मुलुक बनाउँदै समाजवाद तर्फ लैजान ऊर्जा क्षेत्रको विकासले महत्त्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो ।
मन्त्री भुसालले आफू आएपछि विद्युत् व्यापारको थालनी गरेको, बीस युनिटसम्मको विद्युत् महसुल निःशुल्क गरेको, विद्युत् महसुस घटाएको र वर्षा र हिउँदमा फरक फरक विद्युत् महसुल दर कायम गरेको जानकारी दिनुभयो ।
उहाँले लोड सेन्टरमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण यसै वर्षमा अघि बढाउने तयारी भइरहेको बताउनुभयो ।
मन्त्री भुसालले गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय ७६ दशमलव ६६ र भौतिक प्रगति ८० प्रतिशत हासिल गरेको बताउनुभयो ।
१७ बुँदे उपलब्धि सार्वजनिक गर्दै मन्त्री भुसालले गत आवमा विद्युत् उत्पादन क्षमता ७ सय ४१ मेगावाट थप भई कुल विद्युत् उत्पादन क्षमता २ हजार २ सय ६९ मेगावाट पुगेको बताउनुभयो ।
उहाँले महसुल पुनरावलोकन गरी सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिएर प्रति युनिट २ रुपैयाँसम्म महसुल कायम गरिएको जानकारी समेत दिनुभयो ।
देशको करिब ९५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको बताउँदै मन्त्री भुसालले आगामी दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने कार्ययोजना अघि बढाइएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पम्फा भुसाल, #बुढीगण्डकी जलविद्युत आयोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्