नेकपा एकीकृत समाजवादी पार्टी गरिब र शोषितको पक्षमा छ: माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा आफूहरु अरुभन्दा भिन्न भएको भन्दै आफ्नो पार्टी गरिब र शोषितको पक्षमा संघर्ष गर्ने पार्टी भएको बताए ।
पार्टी निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकमा बोल्दै उनले कुनै पनि कम्युनिष्ट पार्टीले गरिब र सर्वहारा वर्गको पक्षमा कुनैपनि प्रकारको कदम नचालेको बताए ।
‘समाजमा विभिन्न वर्ग छन् । हामी समाजका शोषित जनताको पक्षमा, अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न सर्वहारा वर्गीय दृष्टिकोण लिएर आएका हौं । हामी अरु जस्तै होइनौं । हामी अरुभन्दा भिन्न हौं । हामी क्रान्तिकारी हौं । परिवर्तनकामी हौ । जनताको हितको रक्षा गर्ने योद्धाहरु हौं । देशको रक्षा गर्ने र जनताको हितप्रति समर्पित हुने योद्धाको रुपमा हाम्रो भूमिका नेपाली समाजले स्वीकारेको छ ।’
नेपालले अखिलका विद्यार्थीहरुलाई स्वार्थी र व्यक्तिवादी नबन्न सुझाव दिदैँ अब सम्पूर्ण ध्यान आगामि निर्वाचनमा पार्टीलाई जिताउनको लागि केन्द्रित हुनुपर्ने बताए ।
‘तपाईंहरु भ्रष्टाचारमा लिप्त नहुनुस् । इमानदारिता, निष्ठा र समर्पणको बाटो अंगाल्नुस् । आफ्नो कामबाट सबै विद्यार्थीको मन जित्नुस् । हामी इमान्दार भए मात्र जनताको विश्वास जित्न सक्छौ । हामी अरु संगठन भन्दा अगाडी जाने विषयमा ध्यान दिनुपर्छ ।’
उनले आफ्नो पार्टीले एमालेसँग विद्रोह नगरेको भए नेपालको राजनीति अहिले एउटा ठूलो सुरुङभित्र र प्रतिगामि अवस्थामा हुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #माधवकुमार नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्