नागरिकता विधेयकबाट पछि हट्यो सरकार र सत्तारुढ गठबन्धन
काठमाडौं । वर्तमान सरकार र सत्तारुढ गठबन्धन नागरिकता विधेयकबाट केही पछि हटेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पारित गरे पनि राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
आज आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सदनमै छलफल गर्नुपर्ने अडानमा रहेको सरकार र सत्तारुढ गठबन्धन केही पछाडि हटेसँगै उक्त विधेयक विधायन व्यवस्थापन समितिमा पठाउन सम्भव भएको हो ।
देशव्यापी रूपमा विरोध भइरहेको विधेक प्रतिनिधिसभाले दोस्रोपटक पारित गरिसकेको भए पनि राष्ट्रियसभामा सहमति खोज्न सकिने धारणा प्रमुख प्रतिपक्षी दलको पनि छ । तर, त्यसका लागि सरकारले नेकपा एमालेसँग पनि छलफल गर्नुपर्ने तर्क गर्दै आएको छ ।
उक्त विधेयकमाथि अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल हुनेछ । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदनसहित पुनः सभामा पेश गर्नेछ ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बालाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सत्तारुढ गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्