Techie IT
मंगलबार, मंसीर २,२०८३

दुर्घटना हुदाँ एकको मृत्यु तीन जना घाइते


काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे ठोकिएका थिए ।
मृत्यु हुनेमा स्कुटर चालक काठमाडौंकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ ।

दुर्घटनामा घाइते हुनेमा भने स्कुटर पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई, मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र मोटरसाइकल पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजु रहेका छन् ।
उनिहरुको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना हुदाँ एकको मृत्यु तीन जना घाइते


तपाईको कमेन्ट लेख्नुहोस्