मनसुनी विपद्मा परी पाकिस्तानमा एक हजार जना भन्दा बढी मानिसको मृत्यु
इस्लामावाद । मनसुनी विपद्मा परी पाकिस्तानमा एक हजार जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।
यो वर्ष जुनयता करिब तीन महिनाको अवधिका बाढीका कारण पाकिस्तानमा एक हजार जना भन्दा बढी मानिसको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएको बताइएको छ ।
बाढीले देशभर भीषण क्षति पुर्याएपछि यहाँको सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, यूके, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले उक्त अपिल अन्तर्गत सहयोग समेत उपलब्ध गराउन थालेका छन् ।
देशको उत्तरपश्चिममा अवस्थित खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आउँदा कैयौँ मानिस विस्थापित भएका छन् भने हजारौँ मानिसहरू आफ्नो घरबाट भागेका विवरणहरू बीबीसीले प्रस्तुत गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #पाकिस्तान, #मनसुनी विपद्मा परी पाकिस्तानमा एक हजार जना भन्दा बढी मानिसको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्