संघीय मामिला र यातायात मन्त्रीद्वारा तिनपिप्ले सडक खण्डको निरीक्षण
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले काठमाण्डौ उपत्यकाको फोहोर विसर्जन गरिने सिसडोल क्षेत्रको अुनगमन गरेका छन् ।
आइतबार विहान दुई जना मन्त्रीले एकसाथ त्यस क्षेत्रका नागरिकको समस्या र बाटोको अवस्थाबारे जानकारी लिएका हुन् । उनीहरुले पासाङल्हामु सडकखण्डअन्तर्गतको मुड्खु–तिनपिप्ले सडक खण्डको निरीक्षण गर्दै अबको चार महिनाभित्र निर्माण सम्पन्न हुने आश्वासन दिएका छन् । स्थानीयले सडक कालोपत्रेको माग राख्दै बारम्बार सडक बन्द गर्दै आइरहेका थिए । अब फास्ट ट्रयाकबाट चार महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले दाबी गरेका छन् । सडकखण्डको अनुगमनपछि मन्त्री राईले चार महिनाभित्र काम सम्पन्न हुने बताएका हुन् ।
राजनीतिक आवरणमा बहुचर्चित ठेकेदारले ८ वर्षदेखि बाटो निर्माण कार्य सम्पन्न नगरेको, नेताहरुको आवरणमा नेताहरुको पक्षपोषणमा देशभरीकै ठेकेदारहरु काम नगर्ने पैसा लिने, राजनीतिक दल र तिनका नेताहरु नै आरोपित हुने अवस्था थियो । हामीले ति कम्पनी र ठेकेदारसँग ठेक्का तोड्यौँ र तीन वर्षका लागि कालोसूचिमा राख्ने निर्णय पनि गर्यौँ । यहाँका मतदाता, यहाँका जनताको माग सम्बोधनका निम्ती ढाईदेखि तीन महिना लाग्ने ठेक्का प्रक्रियालाई छोट्याएर १८ दिनमा सकाउने हिसाबले क्याबिनेटबाट सहमति लिएर काम अघि बढाएका छौँ । चार महिनामै सम्पन्न हुने गरी ठेक्का आह्वान गर्यौँ ।
आज चार दिन भइसको छ, १२–१४ दिनमा सम्झौतासमेत भइ काम सुरुवात हुन्छ र चार महिनाभित्र यो काम सम्पन्न हुन्छ । बाटोले गर्दा सार्वजनिक यातायात नचल्ने, यहाँका आम नागरिकहरु सबैसँग आफ्नो साधन नहुने, उपत्यकाकै छेउमा बसेर पनि अपायक जस्तो ठाउँमा, कर्णालीको जस्तो महसुश गरेको जुन थियो, त्यो समस्या समाधान गरौँ, हामी पनि बुझौँ भन्ने हिसाबले आएको हो ।
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले पनि धेरै अगाडीदेखि बिचल्लीमा परेको उक्त सडकखण्ड अब छिटै निर्माण हुने र नागरिकले पाइरहेको सास्तीको अन्त्य हुने बताए । ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने उनको भनाई छ ।
यो बाटो चाँही धेरै अगाडीदेखि बिचल्लीमा परेको अवस्था थियो, न सार्वजनिक यातायात चल्छ । बाटोमा पहिरोहरु आएको आइ हुने । यसलाई बाटो विस्तार गरेर अगाडी बढाउने भनेर योजना बनायो । तर त्यो योजनालाई चाँही व्यवस्थित रुपमा विगतको सरकारले अगाडी बढाउन सकेन । ७–८ वर्षदेखि यो चाँही अव्यवस्थित रुपमा रहन गयो । त्यसकारण यसलाई फास्ट ट्रयाकबाट गर्नपर्छ भनेर हामीले चाँही सुरुदेखि नै भन्यौँ ।
यसअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त सडकमा काम नभएपछि आठ वर्षदेखि अलपत्र अवस्थामा छ । उक्त सडकको पुरानो ठेक्का सरकारले तोडिसकेको छ । मन्त्रालयले नयाँ ठेक्काका लागि केही दिनअघि सूचना प्रकाशन गरेको छ । अब ठेक्का पाउने ठेकेदार कम्पनीले चार महिनाभित्र सडक निर्माणको काम सक्नुपर्ने छ । ठेक्का प्रक्रिया लगाउनुअघि मन्त्री उक्त सडकको अवलोकन गर्न आइतबार त्यहाँ पुगेका हुन् ।।
क्याटेगोरी : समाचार
ट्याग : #तिनपिप्ले सडक खण्डको निरीक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्