राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयल निगम विरुद्ध विरोध प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयल निगमको विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
आज काठमाडौंको माइतीघरमा राप्रपाले पेट्रोलियम पदार्थ सस्तोमा किनेर महंगोमा बिक्रि गरेको भन्दै आयल निगमको विरुद्ध बिरोध प्रदर्शन गरेको हो ।
उक्त विरोध प्रदर्शनमा बोल्दै राप्रपाको काठमाडौं जिल्ला अध्यक्ष नवराज सिमखडाले ठूला पदमा भएका कर्मचारीलाई निःशुल्क पेट्रोल वितरण भएको कारणले गरिब जनता मारमा परेको बताए ।
उनले राज्यले लगायको ६० प्रतिशतभन्दा बढिको कर छुट गर्ने हो भने जनताले सस्तो मूल्यमा पेट्रोल पाउने दाबी पनि गरे ।
सरकारले चलाएको संस्था व्यापारिक संस्था होईन, त्यसमाथि पनि समायोजन गरिरहेको छ । घाटा के मा परेको छ भने ठूला पदमा रहेकाहरुलाई फ्रिमा पेट्रोल दिने, घर घरमा पेट्रोल पुराइ दिने र उनिहरुलाई गाडीहरु दिने विविध सुविधाहरु दिएको कारणले पेट्रोलको मूल्य बढेको छ भने राज्यले ६० प्रतिशतभन्दा बढि कर लगाको कारणले पनि बढेको छ ।
उनले करिब डेढ महिनादेखि घट्दै आएको पेट्रोलीयम पदार्थको मूल्य आयाल निगमले नेपाली जनताहरुको लागि नघटाएर कारण सडकमा आएको बताए ।
राप्रपाको विरोध पेट्रोलीयम पदार्थको मूल्य वृद्धि, नागरिकता विधेक, महंगी, कालो बजारी र भ्रष्टाचारको विरुद्धमा रहेको पनि उनले उल्लेख गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #आयल निगम विरुद्ध विरोध प्रदर्शन, #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्