Techie IT
मंगलबार, कात्तिक २५,२०८३

नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै


नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । केन्याको राजधानी नैरोबीस्थित जिमखाना मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे खेल सुरू हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा भने केन्या विजयी भएको थियो ।

दोस्रो खेलमा नेपालले खराब ब्याटिङ गर्दा पराजित भएको थियो । नेपाल र केन्याबीच चौंथो टी–२० भदौ १३ गते र पाँचौ तथा अन्तिम टीट्वान्टी भदौ १४ गते हुनेछ ।

टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्