प्रत्येक प्रदेशका ऐतिहासिक स्थलहरुको छनोट गर्नुपर्छ: पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटनको विकासकोे लागि प्रत्येक प्रदेशका ऐतिहासिक स्थलहरुको छनोट गर्नुपर्ने बताएका छन् । ७ वटै प्रदेशका पर्यटनमन्त्रीबीचको सम्मेलनको उद्घाटन गर्दै उनले महत्वपूर्ण ठाउँहरुको छनोट गरी ब्रान्डिङ गर्न सके सबै भुभागहरुमा पर्यटनकोे विकास गर्न सकिने जिकिर गरे । यस्तो खालकोे कदमबाट वैदेशिक र आन्तरिक पर्यटकलाई आर्कषित गर्न सकिने उनको धारणा छ ।
हरेक प्रदेशमा रहेका महत्वपूर्ण ऐतिहासिक स्थलहरु केन्द्रमा राखेर कमसेकम तीन वटा त्यस्ता केन्द्रहरुलाई छनोट गरौं । जसको निकै महत्व छ । त्यसलाई केन्द्रीत गरेर हामीले ब्रान्डिङ गर्ने हो भने देशका सबै भुभागहरुमा पर्यटनकोे विकास गर्न सक्छौं । वैदेशिक र आन्तरिक पर्यटकलाई आर्कषित गर्न सक्छौं ।
मन्त्री जीवनराम श्रेष्ठले पर्यटकहरुलाई बस्ने र घुम्ने लगाएतका कुरालाई तयार गर्न सके सोचेँ जस्तो पर्यटन विकास गर्न सकिने औल्याए । उनले नेपाल सिजनबल मात्र नभएर अलसिजनबल रहेको धारणा राख्दै राउन्ड द इयर नै नेपालको सिजन रहेको कुरालाई प्रचार गर्नु आश्वकता रहेको तर्क राखे ।
क्याटेगोरी : समाचार
ट्याग : #जीवनराम श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्