Techie IT
मंगलबार, मंसीर २,२०८३

अछामका शीर्ष नेताहरू टोखा स्थीत भीम रावल निवासमा , संघिय सांसद उठ्न आग्रह


काठमाडौं । नेकपा एमाले अछामका शीर्ष नेताहरू एमाले पुर्वउपाध्यक्ष भीम रावललाई भेट्न काठमाडौं आएका छन् ।

टोखामा अवस्थीत रावलको निवासमा केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा पदाधिकारी र जिल्ला कमिटी सदस्य सहितको टोली रावललाई भेट्न काठमाडौं आएको हो ।

केन्द्रीय सदस्य यज्ञ बोगटी, झपट बोहरा लगायत जिल्ला अध्यक्ष चन्द्र बोहरा, कृष्ण जैसी, कमल तिमिल्सैना, गोविन्द कुँवर, मीन बहादुर कुँवर, राम बहादुर बुढा, खगेन्द्र रोकाया, भरत साउँद, केशर साउँद, भीम जनाला, नरेन्द्र रोकाया, डिवि साउँद,आदर्श साउँद,नन्दसिंह कडायत लगायतका नेताहरूले आज शनिवार नेता रावललाई भेटेका छन् ।

भेटमा उनीहरूले पार्टी बलियो बनाउनका लागि नेतृत्व लिइदिन नेता रावललाई आग्रह गरेका छन् । गठबन्धनले चुनौती दिइरहेका बेला पाटीलाई अछाममा भिम रावललाई संघिय सांसदमा पुन उठ्न आग्रह गरेका छन । अहिले अछाम क्षेत्र नं १ मा रावलको बिकल्लप नहरेको र नेपालको राष्ट्रिय राजनितिमा रावलको प्रभाबकारी भुमीका हुने भन्दै अछामका शीर्ष नेताहरूले आग्रह गरेका हुन ।

भेटमा नेता रावलले यस बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन भने सङ्घ र प्रदेशसभा सदस्य चुनावमा पार्टीको जित सुनिश्चित गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको डि.बि साउदले बताउनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #भीम रावल निवास


तपाईको कमेन्ट लेख्नुहोस्