Techie IT
बिहीबार, कात्तिक २७,२०८३

काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश सभा ‘ख’मा एकीकृत समाजवादी बाट कस्को चर्चा ?


काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नम्बर ६ ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

 प्रदेश सभा ‘ख’मा प्रदीप केसी, राजु बस्नेत, रघुनाथ तिमल्सिना, गौरी शंकर राणा, पुरुषोत्तम आचार्य र मञ्जु खड्काको नाम सिफारिस भएको छ । सर्वसम्मत उम्मेदवारको नाम चयन हुन नसकेपछि जिल्ला कमिटीले टुंगो लगाउने गरी उनीहरूको नाम सिफारिस भएको बताइएको छ ।

समानुपातिकतर्फ पनि प्रदेश ‘ख’मा शमशेरबहादुर गाईंजु, रामशरण वाग्ले र कविता घिमिरेको नाम सिफारिस भएको छ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको मिति घाेषणा गरेकाे छ ।

निर्वाचनको मिति घोषणा भएसँगै पार्टीका कमिटीहरूले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । यद्यपि सत्ता गठबन्धन आगामी निर्वाचनसम्म अघि बढ्ने भएपछि सिट बाँडफाँटको टुंगो लागेपछि मात्रै उम्मेदवार सिफारिसले अन्तिम रूप प्राप्त गर्नेछ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रदेश सभा ‘ख’मा एकीकृत समाजवादी


तपाईको कमेन्ट लेख्नुहोस्