काठमाडौं ६ मा एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा लक्ष्मण बिडारीको नाम सिफारिस
काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नम्बर ६ ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नम्बर ६को क्षेत्रीय कमिटीले शुक्रबार प्रतिनिधि सभामा लक्ष्मण प्रसाद बिडारीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको बिडारी सो क्षेत्रीय कमिटीका अध्यक्ष समेत हुन् ।
यस्तै काठमाडौं क्षेत्र नम्बर ६ वागमति प्रदेश सभा क को उम्मेदवारमा अर्जुनलाल प्रधान समेत सर्वसम्मत सिफारिस भएका छन् । ठमेलका स्थानीयवासी समेत रहेका प्रधानको नाम यसअघि नै चर्चामा थियो । समानुपातिकतर्फ रजुला जोशीको नाम सिफारिस भएको छ ।
निर्वाचनको मिति घोषणा भएसँगै पार्टीका कमिटीहरुले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । यद्यपि सत्ता गठबन्धन आगामी निर्वाचनसम्म अघि बढ्ने भएपछि सिट बाँडफाँटको टुंगो लागेपछि मात्रै उम्मेदवार सिफारिले अन्तिम रुप प्राप्त गर्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लक्ष्मण बिडारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्