फेरि ब्युतियो वाम एकताको वहस : नेतृत्व गर्न तयार होला एमाले ?
काठमाडौँ, १० भदौ । बिहिबार नेकपा एमालेको पोलिटब्यूरो बैठकमा फेरि वाम एकताको वहस प्रवेश गर्याे । एमालेको नेत्तृत्वमा वाम एकता गर्नु पर्ने भन्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालले बैठकमा वाम एकताको बिषयलाई प्रवेश गराए ।
अहिले देशको वाम राजनीतिक शक्ति मध्य सबैभन्दा बलियो र ठूलो एमाले देखिन्छ । नेपालको राजनीतिक परिदृश्य पुनः वदलावको संकेत देखाएको छ । नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियान विगत केही समययता एमाले वाहेकको वाम एकता गर्ने भन्दै लागिपरेका थिए । देशका अन्य दलहरु एमाले वाहेक वाम एकताको कसरत गरिरहँदा एमालेको औपचारिक बैठकमा पनि वाम एकताको प्रस्ताव हुुनुलाई फरक ढंगले हेरिएको छ । अब नेपाली राजनीतिक वृत्त फेरिने सम्भावना बढेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
बिहिबारको बैठकमा भुषालले पेश गरेको प्रस्तावमा एमालेले खासै छलफल गरेन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाट सम्भव नभएको निष्कर्षसहित भुसालले एमालेले नै वाम एकताको नेतृत्व गर्नुपर्ने जिकीर गर्दै पेश गरेको प्रस्तावमा लेखिएको थियो, ‘अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेको स्थानीय तह जम्म ३४७ छन् । कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारण गुमेको छ । त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो ।’ वाम एकता गरेर निर्वाचनमा जाँदा १६५ मध्य १५० सिटसम्म जित्न सक्ने आकलन उनले पेश गरेको प्रतिवेदनमा उल्लेख छ । ‘स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अबस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटमा १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाइभन्दा बढी हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने छर्लङ्गै छ’, प्रस्तावमा भनेका छन् ।
भुषालले पेश गरेको प्रतिवेदनको सारम्समाको अर्थ नेपालमा कम्युनिष्टहरु एक नहुँदा कांग्रेस लगायतका अन्य दलहरुले त्यसको फाइदा उठाईरहेका छन् भन्ने नै छ । भुुषालले पेश गरेको प्रस्तावमा एमालेका केही नेताहरु सहमत भएपनि अधिकांसले भने मौन नै देखिएको नेताहरु बताउँछन् ।
एमालेमा मात्रै हैन्, केही दिनयता माओवादी, नेकपा एस, नेसपा लगायतका दलहरुले पनि एमालेसहितको वाम एकताको प्रयत्न गरिरहेका छन् । केही दिन अघि मात्रै माओवादीका महासचिव देव गुरुङले एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘ ५ दलीय गठबन्धन पनि एउटा सहमतिको मोडल हो । तर, यसबाहेक अधिकतम लचकताका साथ कम्युनिस्ट दहरूसँग पनि मिलेर जानुपर्छ भनेर हामी लागिरहेका छौँ । त्यसका लागि पछिल्लो समय एमालेसहितको वाम मोर्चाको निर्माण गर्न सकिन्छ कि ? भनेर सहकार्य गरेर अघि बढ्ने प्रक्रिया चलिरहेको छ ।’
अहिले एमालेसहितका दलहरु निर्वाचनमा होमिएका छन् । नेकपा एमाले नेतृत्वको सरकार ढाल्नेदेखि, गत स्थानीय निर्वाचनसम्ममा देशभर एमाले बिरुद्ध सत्तारुढ दलहरु गठबन्धनमा सँगसँगै छन् । उनीहरु आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा पनि एमाले बिरुद्ध एक हुने तयारीका साथ सिट भागबन्डा मिलाउन दौडधुप गरिरहेका छन् ।
एमाले बिरुद्धको गठबन्धनका लागि दौडधुप चलिरहेकै बेला आएको वाम एकताको वहसलाई एमालेले कसरी हेरेको छ ? एमालेले साँच्चै फेरि वाम एकताको नेतृत्व गर्छ ? भन्ने बिषयमा राजनीतिक बिष्लेषकहरु पनि अन्यौलमा देखिन्छन् । यद्यपी उनीहरु एमालेले नेतृत्व गरेर अघि बढ्दा फाइदा हुने बताउँछन् ।
माओवादीसँग वाम एकता गरेर निर्वाचनमा जाँदा, निर्वाचन पश्चात पार्टी एकता गरेर पनि धोका पाएको एमाले अब भने थप सचेत बनेको देखिन्छ । २०७४ को निर्वाचनमा एमालेले माओवादीसँग वाम एकता गरेर चुनाव लडेको थियो । दिनप्रतिदिन कमजोर बन्दै गएको एमालेको साथमा तत्कालिन समयमा माओवादीले उल्लेख्य फाइदा लियो ।
तर, वाम एकतापछि निर्माण भएको नेकपा फुटाएर कांग्रेसलाई साथ दिँदै माओवादीले एमालेको सरकार ढाल्न ठूलो चलखेल गरेको राजनीतिक परिदृश्यका कारण एमालेका शिर्ष नेताहरु सहजै वाम एकताका लागि तयार हुने स्थिती देखिँदैन् ।
‘राजनीति भनेको सम्भावना नै सम्भावनाको खेल हो, सम्भावना नै नहुने भन्ने हुँदैन् । तर, विगतको घटना, अबस्थाबाट पाएको पाठका कारण एमाले फेरि वाम एकताको नेतृत्व गर्न सहजै तयार त नहोला । यसोभन्दै गर्दा गर्दै गर्दैन् भन्ने पनि हुन्न’, एक राजनीतिक विश्लेषक भन्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वाम एकताको वहस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्