Techie IT
शनिबार, कात्तिक ८,२०८३

निर्वाचन सम्मुखमा कांग्रेसका नेता निधि किन जादैछन भारत ?


काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि भोलि बिहीबार एक साताा लागि भारत भ्रमणमा जाने भएका छन् ।

निधिका निकट नेताहरुका अनुसार, उनी अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्तावका विषयमा छलफलका लागि भारत जान लागेको बताएका छन् । यस अगाडी भारत भ्रमणका क्रममा निधिले रामको धनुष राख्ने प्रस्ताव भारतीय नेताहरु राखेका थिए ।

अहिले राममन्दिर पुनर्निर्माण समितिले भारतको विदेश मन्त्रालयमा पनि सोही प्रस्ताव पठाएकाले छलफलका लागि निधि भारत जान लागेको उनका निकट नेताहरुले बताएका छन् ।

निर्वाचन सम्मुखमा रहेका बेला र धनुषा ३ मा राजेन्द्र महतो र निधि सँगै चुनाव लड्छन् या एक अर्काेलाई छोडेर कुनै नेताले अर्काे निर्वाचन क्षेत्र रोज्छन् ? भन्ने चर्चा चलिरहेका बेला निधि भारत भ्रमणमा निस्कन लागेका हुन् ।

उनी गत महिनामात्रै पनि भारत भ्रमणमा थिए । उनी गत साउन २२ गतेमात्र भारतबाट फर्किएका थिए । फेरि तीन सातामै निधि किन भारत दोहोर्‍एाएर भारत जान लागे भन्ने प्रश्न उब्जिएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #विमलेन्द्र निधि


तपाईको कमेन्ट लेख्नुहोस्