फोहोरमैला ब्यबस्थापन निकायको पहलमा ललितपुर चक्रपथ सफाइ अभियान सुरु
ललितपुर । ललितपुरको फोहोरमैला ब्यबस्थापनमा क्रियाशील निकायको पहलमा शनिवारबाट ललितपुर चक्रपथ सरसफाइ तथा स्वच्छता अभियान सुरु भएको छ ।
अभियानको उद्घाटन गर्दै प्रतिनिधि सभाका साम्सद तथा नेकपा नेत्री पम्फा भुषालले हरेक ब्यक्तिले आफ्नो कारण उत्पन्न फोहोरको ब्यबस्थापनमा आफ्नो दायित्व महसुस गरे देश सफा स्वच्छ र सुन्दर हुने बताउनुभयो । उध्योग धन्दा र कलकारखाना बाट उत्पन्न हुने फोहोरको ब्यबस्थापन सम्बन्धीत उध्योगले गर्नुपर्ने पनि भुषालले बताउनुभयो ।
अभियानको सानेपा बल्खु पुलबाट उद्घाटन गर्दा साम्सद भुषाल, प्रदेश साम्सद राजकाजी महर्जन, महानगरीय प्रहरी ललितपुरका एसएसपी रबिन्द्र धानुक, नेकपा नेता शिव कट्टेल, स्थानीय तहका वडाध्यक्ष लगायत स्थानीय संघ सस्थाको सहभागिता थियो ।
अभियानमा सफाइ अभियन्ता ताराबहादुर कुवर लगायतका अभियन्ताहरुको सहभागिता थियो । बिहान करिब १ घण्टा चलाइएको अभियानबाट ५ टन फोहोर संकलन गरिएको अभियानका सदस्य सचिब लक्ष्मीप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।
चक्रपथको ललितपुर खण्डको ७.१ किलोमीटर सडकको दायाबाया सफाइ गरेर देशकै सान मानिने चक्रपथलाई सुन्दर बनाउने लक्षसहित अभियान चलाइएको र अभियानबाट स्थानीय ब्यक्ति संघ सस्थामा सकारात्मक प्रभाब परी मुल सडक सफा र घरबाट उत्पती हुने फोहोर कमी हुने अभियानका संयोजक लक्ष्मीप्रसाद गेलालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #ललितपुर चक्रपथ सफाइ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्