जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्छ : अध्यक्ष ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्ने बताउनु भएको छ ।
सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनु भएको हो ।
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्ने लोभमा घाइते तथा द्वन्द्व पीडितको वेवास्ता गरेको आरोप लगानुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड गठबन्धनबाट प्रधानमन्त्री बन्ने लोभमा छन् । तीन पटक प्रधानमन्त्री बन्नु पर्यो भन्दै दाउ हेरिरहेका छन् । तर घाइतेहरुको वेवास्ता गरेका छन्। गोली लागेका लडाकुहरु एमालेको केन्द्रीय कार्यालयमा आउनुस्। तपाईंहरुको उपचार एमालेले गर्छ ।’
जनयुद्धका लडाकुको व्यवस्थापनमा भन्दा प्रचण्ड परिवारको व्यवस्थापनमा लागेको ओलीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘प्रचण्डका सात पुस्ता वरपर हेर्नुस् त युरिया हालेजत्तिकै छन् । तर लडाकु र योद्धाको के हालत छ । शान्ति प्रक्रियाका काम पीडितहरुलाई न्याय दिने गरी टुंग्याइनु पर्छ। त्यो काम एमालेले गर्छ। प्रचण्डले गर्दैनन् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्