मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाउने पास्टर पक्राउ
काठमाडौँ । बुटवलको एक चर्चका पास्टरलाई प्रहरीले पक्राउ गरेको छ । भाइरल हुन मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको’ भन्दै भिडिओ बनाएर सामाजिक सन्जालमा हालेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार सोमबार बिहान बुटवल उपमहानगरपालिका ११ बुद्धनगरबाट पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरिएको हो । आइतबार सामाजिक सञ्जालमा एक जना मृतकलाई जीवित बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो।
उनले सो भिडिओ भने अहिलेको नभएको बताएका छन्। ‘पुरानो हो भनेका छन्। यो यहाँको पनि होइन लमजुङ हो कि लुम्बिनीको हो भनेर भनेका छन्,’ प्रहरी नायब उपरीक्षक केसीले भने। उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरेर मुद्धा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #भ्रम फैलाउने पास्टर पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्