सङ्घीय संसद्को दुवै सदनबाट नेता गिरीको निधनप्रति शोक प्रस्ताव पारित
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदिप गिरीको निधनमा शोक प्रस्ताव पारित गदै संघीय संसद्का दुवै सदन स्थगित भएका छन् ।
घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७५ वर्षीय नेता गिरिको भदौ ४ गते राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
२०५१ सालको संसदीय चुनावमा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएका नेता गिरी वि.स २०६४ र २०७० सालको निर्वाचनमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य हुनुहुन्थ्यो । नेता गिरी २०७४ सालमा सिराहा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्थ्यो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता गिरी लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्याताका रुपमा परिचित हुनुहुन्थ्यो ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान १०ः०० बजे बस्नेछ भने राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार १ः०० बजेर १ मिनेटमा बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा, #प्रतिनिधिसभा बैठक, #सङ्घीय संसद्को दुवै सदनबाट नेता गिरीको निधनप्रति शोक प्रस्ताव पारित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्