नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले तीज विशेष कार्यक्रम गर्ने
काठमाडौं । नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । सम्पर्क मञ्चको पाँचौं मासिक बैठकले तीज तथा जितीया पर्व कार्यक्रम गर्ने निर्णय गरेको हो ।
गत वर्ष झैं यस वर्ष पनि कला, संस्कृति, रितिरीवाजको संरक्षण गर्दै उदयपुरबाट काठमाडौंमा आई बसोबास गर्ने दिदीबहिनी तथा दाजुभाइहरुबीच आत्मियता साटासाट गर्दै तीज मनाउन यही भदौ १० गते कार्यक्रम गर्न लागेको उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘महिलाहरुको महान पर्व तीज कार्यक्रम काठमाडौंको मिनभवनस्थित मिनभवन क्राउन बेङ्क्वेटमा गर्न गइरहेका छौं । सो कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा महानुभावहरुलाई रमाइलोसँग नाचगान गर्दै मनाउनका लागि उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।’
सम्पर्क मञ्चको मासिक बैठकका प्रमुख अतिथि १ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य अम्मरबहादुर रायमाझी हुनुहुन्थ्यो । त्यसैगरी अतिथि प्रदेश सम्पर्क कमिटि प्रदेश-१ का सचिवालय सदस्य भीम दर्नाल हुनुहुन्थ्यो । यसैगरी मञ्चको बैठकमा विद्यार्थी तथा युवा संघ नेपालका नेताहरुको पनि सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्च
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्