Techie IT
मंगलबार, मंसीर २,२०८३

माडी निकुञ्जको मध्यवर्ती क्षेत्रमा वृद्ध मृत फेला


चितवन । माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् ।

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । -रासस


क्याटेगोरी : समाचार
ट्याग : #माडीको निकुञ्जको मध्यवर्ती क्षेत्रमा वृद्ध मृत फेला


तपाईको कमेन्ट लेख्नुहोस्